.

Photo of Milford Sound in New Zealand

  विश्वको शिर यही भूमिमा ज्ञानको वेद लेखिएको हो र विश्वलाई ज्ञान बाडेको हो।वसुधैवकुटुम्बकम भनि विश्वशान्तिपूर्ण सोच धर्म संस्कार र संस्कृतिमा छ।यसो भन्दैमा आफ्नो जन्मभूमि र जन्ममाताको माया नगर्ने व्यक्ति महापापि र अपराधी हो समेत हाम्रो शास्त्र र धर्मसंस्कृतिले भनेको छ। यसरी मेरो जन्मभूमि नेपाल हो। विश्वशान्तिको कामना गरी विश्वशान्ति दीप प्रज्वलन पनि गरिरहेका छौ।
अब जन्मभूमिको बारेमा  सत्य कुरा बोल्न, लेख्न, भन्न नपाईने दुनिया कहाँ छ?सायद यस्तो संसार नहोला र हुनुभनेको शान्तिभंग हुनु हो। भारत र चीन असल मित्रराष्ट्र हून। तर आज यो महामारी र संकष्टको बेलामा असल मित्रमा हुनुपर्ने गुण हराए जस्तो देखिन थालेको छ। रोटी बेटी र व्यापार संस्कार संस्कृति सबै कुरामा असल मित्र भएर चिनिएका छिमेकिमा बिस्तारै विस्तारै पहिले देखि नै नेपालिलाइ हेप्ने प्रवृति  विभिन्न कालखण्डमा भईरहेका थिए होलान। यसको जवाफ नेपालका तत्कालीन सरकार देखि हालसम्मका सरकारले नेपालीले खोजेको खण्डमा जवाफ दिनुपर्छ। तर आज नेपाल, भारत, चीन असल छिमेकि भएर रहीरहदा भारतीय नागरिक र चिनिया नागरिकले पनि नेपालीलाई मनबाट सत्य तथ्य बुझी साथ सहयोग गर्ने नै छन। आ- आफना सरकार प्रमुखलाई सीमा विबाद नगर्न सचेत गराई सहयोग हूनेछ। किनकी यो सत्य कुरामा  ढीलो चाडो हार असत्यको हुनेछ।नेपाल सरकारले आजसम्म के कस्तो कूटनीतिक पहल गरिरहेको छ वा छैन यो कुरा सबैले देखिने बूझिने गरी श्वेतपत्र वा सूचनामा प्रष्ट खुलाउन नसकेका कारण हामी नेपालीले शंका गरिरहने ठाऊ छ। वास्तविकता जे हो, भएको थियो सबै नेपालीले जान्न, सुन्न, हेर्न पाउनु अधिकार हो। यतिमात्र होईन नेपालीलाई सत्यकुरा गर्न देशको माया गर्ने अधिकार बाट सरकारले बँचित गराउन कदापि पाउने छैन। प्रत्येक नेपालीको हक अधिकार योगदान समग्र नेपालमा बराबरी छ।
इतिहासको कालखण्डमा यति ठुलो रास्ट्र आज किन मरिच चाहुरिए जस्तै चाहरिरहनु परेको छ। ग्रेटर नेपालको कुरामा फणिन्द्र नेपाल लगायतले अन्तराष्ट्रीय अदालतमा मुद्दा दायर गरी नेपालको शान, मान, सम्मान र स्वाभिमानसहित भूमि फिर्ताको अडान एकातिर छ। अर्कोतिर यसरी दिनानुदिन भारत र चीनले नेपाललाई हेपाहा प्रवृतिले अन्याय गर्न खोजिरहदा नेपालले  सर्वसाधारण नागरिकले समेत बूझिने , देखिने र महसुस गरिनेगरी किन पहल कदमी चालेको पाइएको छैन।यस्ता प्रश्नहरू बग्रेल्ती एक साधारण नेपालीको मनमासमेत आइरहेको छ।
यसरी सर्वसाधारण आमनागरिकले बूझिनेगरी र महसुसहुने गरी पहल क़दमि हुनु जरुरी छ। कहिलेसम्म हामी दासको रुपमा रहिरहने, हामिले आफ्नो भुमी आफ्नो हो भनेर भन्न नपाउने अधिकार सायद संसारमा बिरलै छ जस्तो लाग्दछ। यसकारण संसार सबको घर र विश्व एक परिवार भनेर विश्वले भनेपनी जननीजन्मभूमिश्च स्वर्गादपि गरियसी ।

0 comments :

Post a Comment

 
Top