🙏खण्डग्रास चन्द्रग्रहण कहिले लाग्ने?कुन राशिलाई शुभ
२०८०साल आश्विनशुक्ल पुर्णिमा ११ गते शनिवार (सन् २०२३ अक्टोबर २८-२९ तारिख) कोजाग्रत पुर्णिमाको दिन अपरान्ह ४:१९ दिउसो १६:१९) बजे देखि ग्रहणको सुतक लाग्ने भएकोले बालक, बृद्ध,आतुर र अशक्तहरु वाहेक अरुलाई भोजन निषेध। ग्रहणस्पर्श मध्यराती ०१:१९ बजे,
मध्यरात्री०१:५९ बजे र मोक्ष रात्री ०२:३८ बजे हुनेछ।यस खण्डग्रास चन्द्रग्रहणको जम्मा ग्रहण अवधि १ घण्टा १९ मिनेट रहने छ।
🙏चन्द्रग्रहण अश्विनि नक्षत्रको समयमा लाग्दछ। त्यसकारण अश्विनी नक्षत्र र मेष राशिलाई अतिकष्ट हुन सक्नेछ। मिथुन, कर्कट, बृश्चिक, कुम्भ राशिलाई केही शुभहुनेछ।
अन्य राशिहरुलाई चन्द्रग्रहण फल निम्नानुसार रहेको छ:-
मेष :- १ घात:
बृष :- १२ व्यय:
मिथुन :- ११ लाभ
कर्कट :- १० सुखम्
सिंह :- ९ माननाश
कन्या :- ८ कष्टम्
तुला :- ७ स्त्रीपिडा
बृश्चिक :- ६ सौख्यम्
धनु :- ५ चिन्ता
मकर :- ४ व्यथा
कुम्भ :- ३ श्रीप्राप्ती
मिन :- २ क्षति
यो चन्द्रग्रहण नेपाल/भारत सहित एशिया,अष्ट्रेलिया, यूरोप,क्यानडा , उत्तरी अमेरिका, दक्षिण अमेरिकाको अधिकांश स्थान एवं हिन्द महासागर, प्रशान्त्महासागर तथा अन्टार्टिका बाट समेत देखिने छ।
नोट:-खाली आखाले ग्रहण नहेर्नुहोला। सुत्केरी; गर्भवती ; अशक्त ; कडाबिरामिले पनि नहेरेकै राम्रो हुनेछ।
ज्यो• पँ. कमल प्रसाद दाहाल
0 comments :
Post a Comment