विश्वशिर–विश्वगुरु–विश्वजननी नेपाल 🇳🇵
“विश्वशिर, विश्वगुरु, विश्वजननी तथा विश्वसम्राटको गौरव बोकेको सर्वोच्च शिखर सगरमाथा कुल्चिनु महापाप हो” भन्ने मेरो मान्यता छ।
नेपाल केवल एउटा भूगोल होइन; यो विश्वको सर्वोच्च शिखर सगरमाथाको गौरव, प्राचीन सभ्यता, सनातन संस्कृति, आध्यात्मिक चेतना, ऋषिमुनिको तपोभूमि र विश्वशान्तिको सन्देश बोकेको पवित्र मातृभूमि हो।
म मरे पनि विश्वशिर, विश्वगुरु, विश्वजननी नेपाल कहिल्यै नझुकोस्! 🇳🇵🙏
नेपालको स्वाभिमान सगरमाथाझैँ सधैँ उच्च रहोस्। नेपाली मौलिकता, राष्ट्रिय गौरव, धर्म–संस्कृति र मानवताको ज्योति संसारभरि फैलिरहोस्। नेपालले विश्वलाई शान्ति, सद्भाव, ज्ञान र मानवताको मार्ग देखाउन सकोस्।
मेरो जीवनको संकल्प—नेपालको गौरव, मानवताको सेवा र विश्वशान्तिको स्थापना।
ॐ श्री विश्वशान्तिः ॐ।
ज्यो. पण्डित डा. कमल प्रसाद दाहाल
विश्वशान्ति अभियन्ता | एकल खालिगोडा विश्वशान्ति पैदलयात्री | विश्वशान्तिदूत


0 comments :
Post a Comment