.

Photo of Milford Sound in New Zealand


नेपाल प्रज्ञाप्रतिष्ठानले देसका सातै प्रदेशकाे इतिहास, संस्कृति, भाषा, धर्म, दर्शन, साहित्य, भूगाेल र सम्पदा समेटिएका पुस्तक नेपाल दर्पण प्रकाशन गर्ने प्रयास गरेकाे छ । प्रत्येक प्रदेशका यी विषयमा विद्वान् हरूबाट लेखाएर एकएकवटा मेघा भाेल्यूम प्रकाशन गर्ने याेजना अनुरूप प्रदेश नं. २ बाट कार्यकाे थालनि भएकाे छ । प्रत्येक प्रदेशकाे दर्पण १५०० पृ.काे हाराहारीमा हुने मान्यता छ । प्रदेश २ काे दर्पण लेख्ने कार्यका लागि संयाेजककाे जिम्मेबारी संस्कृतिविद् विद्वान् लेखक प्रा.डा. प्रेमकुमार खत्रीले पाउनु भएकाले उहाँले लकडाउनकाे समयमा नै कार्यलाइ तिव्रता दिनु भएकाे छ । उहाँकाे अथक प्रयास, लामाे अनुभव र जागरूकताका कारण यस्ताे अप्ठ्याराे परिस्थितिमा पनि नेपाल दर्पण प्रदेश २ लेख्ने कार्य अगाडि बढेकाे हाे । लकडाउनकाे समयमा प्रदेश २ का अन्य विद्वानका साथमा यस कार्यमा सहभागि हुन पाउँदा अति हर्ष लागेकाे छ ।  सांस्कृतिक सम्पदाका दृष्टिले प्रदेश २ अति सम्पन्न छ । यहाँका यस्ता सम्पदा अन्तर्राष्ट्रिय महत्वका छन् । प्रज्ञाकाे यस प्रयासबाट प्रदेश २ का मूर्त र अमूर्त दुवै प्रकारका सम्पदा प्रकाशमा अाउने छन् । यहाँका केही क्षेत्रलाइ विश्वसम्पदा सूचीमा सूचिकृत गर्न पनि यसले सहयाेग गर्ने छ । यहाँका सम्पदा प्रदेश २ का मात्र नभएर सम्पूर्ण नेपालका लागि अति महत्वपूर्ण सावित हुने छन् । यस्ताे याेजनाका लागि प्रज्ञाप्रतिष्ठानलाइ बधाइ तथा धन्यवाद !प्रा. डा. सोमप्रसाद खतिवडाको Facebook बाट साभार!!

0 comments :

Post a Comment

 
Top